जोडिनुहोस
  • होमपेज
  • बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा सरकार सचेत : परराष्ट्र मन्त्रालय

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा सरकार सचेत : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीको सुरक्षामा नेपाल सरकार सचेत रहेको जनाएको छ ।

“बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” परराष्ट्रले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली दूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको परराष्ट्रले जनाएको छ । बंगलादेशमा रहेका नेपालीको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि परराष्ट्रले बताएको छ ।

परराष्ट्रले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गर्न सक्ने समेत जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका