
नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् । कांग्रेस दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरे गत आम चुनावमा सिन्धुली १ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका छन् ।