जोडिनुहोस
  • होमपेज
  • नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौंमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ । नेपाल भलिबल संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा दुई टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने जानकारी दिएको हो ।

नेपालले मैत्रीपूर्ण खेलका लागि अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा समेत भइसकेको छ । मैत्रीपूर्ण खेलले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए । उनले नेपालको राष्ट्रिय भलिबल टिमलाई थप बलियो र अनुभवी बनाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उल्लेख गरे ।

त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले रसियन टोलीको मैत्रीपूर्ण खेलले अनुभवका साथै सिक्ने अवसर पनि प्राप्त हुने बताए । त्यस्तै रसियन भलिबल टोलीका प्रतिनिधिहरूले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित भएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका