जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको प्रश्न– उपसभामुखको कार्यालय कन्सल्टेन्सी हुन लागेको हो ?

कांग्रेसको प्रश्न– उपसभामुखको कार्यालय कन्सल्टेन्सी हुन लागेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा उपसभामुख इन्दिरा राना मगरलाई संसद्को कमाण्ड गर्न सुहाँउछ कि सुहाँउदैन भनि प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनले उपसभामुखले अमेरिकाको भिसाका लागि लेखेको पत्रबारे उनले छानबिन गर्न माग गरे ।

“संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,” उनले भने । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाउन चेतावनी दिए ।, “यो कन्सल्टेन्सी नबनाइयोस्,” उनले भने । “सूचना बेच्ने त देखिनँ । मान्छे बेच्ने यतै कतै छ कि छानबिन गर्नुपर्छ । उहाँको इज्जतका लागि संसद्को बाटोबाट टाप कस्न बेस हुन्छ,” खतिवडाले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका