
चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, यही साउन ४ गते भरतपुर–२, बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएका थिए ।
उपचारका क्रममा आइतबार चितवन मेडिकल कलेजमा श्रेष्ठको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।