जोडिनुहोस
  • होमपेज
  • सदनमा माधव नेपालले खोजे प्रधानमन्त्री

सदनमा माधव नेपालले खोजे प्रधानमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वासको मत मागेर प्रधानमन्त्री केपी शर्मा ओली सदनमा नबसेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले विश्वासको मत मागेर हिँड्दा सदनलाई महत्व नदिएको जस्तो देखिएको बताए ।

उनले ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिए । “मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन । विश्वासको निम्ति मत मागिरहनुभएको छ । यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ । उहाँले सदनलाई महत्व नदिएजस्तो लाग्यो,” उनले भने ।

नेपालले ओली आज पूरै समय सदनमा बस्नुपर्ने बताए । सबैको धारणा सुन्ने धैर्यता राख्नुपर्ने नेपालको भनाइ छ ।

“आजको पूरा समय उहाँको उपस्थिति हुन आवश्यक थियो । सबैका धारणा उहाँले सुन्ने धैर्यता राख्नुपथ्र्यो । सम्भवतः अरुका वचन सहन नसक्ने ठान्नुभएको हो कि क्या हो ?,” उनले भने, “तर, कसैका वचन पनि कटु निस्किएका छैनन् । कर्णप्रिय छन् । मेरा पनि कर्णप्रिय नै होलान् भन्ने ठान्छु । मात्रै उहाँको उपस्थितिका निम्ति सम्झाउन खोजेको हुँ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका