जोडिनुहोस
  • होमपेज
  • कांग्रेस र एमालेले अन्तिम अवसर पाएको उपेन्द्रको टिप्पणी

कांग्रेस र एमालेले अन्तिम अवसर पाएको उपेन्द्रको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई ठूला दलले अन्तिम अवसर पाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई लामो समय टिकाउनु चुनौतीपूर्ण भएको उनले बताए ।

“दुई ठूला दल मिल्ने अन्तिम अवसर हो । राजनीतिक अवस्था डिलमा पुगिसकेको छ,” उनले भने, “दुई ठूला दलको संयुक्त सरकार असफल भयो र लामो समय टिकेन भने त्यसपछिको विकल्प मुलुकका लागि कति पीडादायी होला ?”

यो सरकार लामो समय नटिके देश ठूलो राष्ट्रिय संकटमा जान सक्ने उनको भनाइ छ । मुलुक संकटतर्फ नजाओस् भन्नेमा आफूहरू रहेको उनले बताए । संविधान संशोधन सार्थक रूपमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका