जोडिनुहोस
  • होमपेज
  • सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् : प्रेम सुवाल

सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचार मुक्त भए सुशासन कायम हुने दाबी गरेका छन् ।

‘जसको हातमा अर्थतन्त्र हुन्छ, त्यसको हातमा सरकार हुन्छ । त्यसकारण गरिबको घरमा सहमति भएन । ठुलठुला व्यापारीको घरमा सहमति भयो । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैन । प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारबाट मुक्त भए देश भ्रष्टाचारबाट मुक्त हुन्छ । ३५ वर्षमा पालैपालो दलका नेताहरू प्रधानमन्त्री भइरहेका छन् । तर असमान सन्धिहरू, एमसिसी खारेज नगरिएकोमा असन्तुष्ट पोखे’, उनले भने ।

प्रधानमन्त्रीले सीमित व्यापारी घरनालाई पोस्ने गरी डेडिकेटेड लाइन जोड्न दिएको निर्देशन दिएकोमा उनले आपत्ति जनाए । उनले कम्युनिस्ट पार्टीहरूसमेत पुँजीवादी सरकारमा गएर कुर्सी साटासाट गरेकाले विश्वासको मत नदिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका