जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • काभा यू–२० महिला भलिबल : सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दै नेपाल

काभा यू–२० महिला भलिबल : सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा आज नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दै छ । लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा उसलाई प्रतिद्वन्द्वी पाएको हो ।

लिगमा अपराजित श्रीलंका तीन खेल जित्दै आठ अंक जोडेर शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारसहित पाँच अंकको कीर्गिस्तान दोस्रो भयो । एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अंकसहित तेस्रो र सबै तीन खेलमा पराजित घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।

लिगको शीर्ष टिम श्रीलंका र चौथो स्थानको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो स्थानको कीर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रतियोगिताका दुवै सेमिफाइनल खेल आज हुनेछन् । नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाइनल नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल लिग चरणमा कीर्गिस्तानविरुद्ध सोझो सेटमा पराजित भएको थियो । सेमिफाइनलमा नेपालसामु त्यो हारको बदला लिने अवसर छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका