जोडिनुहोस
  • होमपेज
  • आवश्यक्ताअनुसार संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

आवश्यक्ताअनुसार संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए । उनले नेपालको संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान रहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालन गर्ने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए । अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस–एमालेसहित साना दल सम्मिलित सरकर गठन भएको उनको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले आफ्नो पुस्ता बहुआयामिक व्यत्तित्वका धनी समाजवादी नेता बीपी कोइरालासँग उठवस गर्न पाएको पुस्ता रहेको गर्व गरे । कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालो बीपी कोइराला अत्यन्त व्यवहारिक नेता भएको बताए ।

त्यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान संशोधन प्राप्त उपलब्धि खोस्ने नभइ थप बलियो बनाउनका लागि हुने बताए । उनले भने, ‘समावेशीता कटौती हुँदैन । अझ भाइब्रेन्ट बनाउने हो । महिला, दलित, अरू वर्ग समूहको सहभागिता सुनिश्चित गर्ने गरि संशोधन गर्न सकिन्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका