
काठमाडौं । डडेलधुरामा महाकाली नदी सोमबार सतर्कता तह पार भएको छ । डडेलधुरास्थित महाकाली नदी पारिगाउँ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
“साउन ०७, बिहान ११ः३० बजे । डडेलधुरास्थित महाकाली नदी पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने भूभागमा रहनुहुनेहरूले साँझ ५ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।