जोडिनुहोस
  • होमपेज
  • ११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात

११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा २ अर्ब ३२ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको बिजुलीको मिटर आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनामा ४ लाख ६७ हजार २४ थान मिटर आयात भएको हो ।

गत आर्थिक वर्ष सोही अवधिमा ९२ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको मिटर आयात गरिएको थियो । गत आर्थिक वर्ष भारत, चीन, जापान, सिंगापुर, बेलायत र अमेरिकाबाट बिजुलीको मिटर आयात गरिएको थियो ।

चालु आर्थिक वर्ष सबैभन्दा बढी चीनबाट २ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको २ लाख ९० हजार ७ सय ५४ थान मिटर आयात भएको विभागको तथ्यांक छ । भारतबाट १८ करोड ६१ लाख ११ हजार रुपैयाँ बरारको १ लाख ७६ हजार ९९ थान मिटर आयात भएको विभागको तथ्यांक छ ।

अमेरिकाबाट २ करोड ५८ लाख ६५ हजारको ६१ थान, ग्रिसबाट ६२ लाख १० हवारको सय थान, डेनमार्कबाट १ लाख ३३ हजार र रूपैयाँ बराबरको ८ थान र बंगलादेशबाट ३ हजार रुपैयाँ बराबरको २ थान बिजुलीको मिटर आयात गरिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका