
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसँग उनले व्यवसायीले रकम तिर्ने वातावरण बनाउन पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने उल्लेख गरे । उनले व्यवसायीबाट लिनुपर्ने रकमको निर्क्योल हुन बाँकी रहेको जिकिर गरे ।
यसबारे निरन्तर बैठक बसिरहेको भन्दै उनले छिटै निष्कर्ष निस्कने सुनाए । हिमालयन टेली भ्वाइस