
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजसम्बन्धी विधेयक संसद्मा पेस गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्बाट असार २७ मा संसद्मा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भइसकेको बताए ।
उनले यससँगै अब संसद्मा पेस गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।