जोडिनुहोस
  • होमपेज
  • पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

मुलुकको पर्यटन विकासका निम्ति पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक भएकामा उनले जोड दिए । उनले पशुपतिको पञ्चमुखी शिव भगवान्‌को मूर्ति विश्वमा कहीँ नभएको बताए ।

उक्त मूर्ति सार्वजनिक गर्न सके पर्यटनको विकासमा ठूलो मद्दत गर्ने उनको भनाइ थियो । “…पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔँ । काशी विश्वनाथको मूर्ति सार्वजनिक भएको छ,” उनले भने, “पञ्चमुखी शिव भगवान्‌को यति राम्रो मूर्ति विश्वमा कहीँ पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।”

सरकारले माछा, मासु, दूध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका