
काठमाडौं । तनहुँमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–६, माझटारका ३५ वर्षीय पिताम्बर नेपाली छन् ।
३२ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । ती महिलालाई आफ्नै घरमा लगेर शनिबार बेलुका बलात्कार गरेको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जनाइएको छ ।