
काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् । कपन स्थित जुवा खालबाट घले सहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
उनीहरू शनिवार पक्राउ परेका हुन् । जुवा खालबाट प्रहरीले १ लाख ३६ हजार बरामद गरेको छ । आरोपीहरुलाई प्रहरी वृत्त बौद्धले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । नुर्वु यसअघि मानव बेचबिखन आरोपमा पनि पक्राउ परेका थिए । २०८० चैतमा मानव बेचबिखन ब्युरोले उनलाई पक्रेर अनुसन्धान गरेको थियो । उनले नेपाली महिलालाई कुवेत पठाउँछु भनेर श्रीलंका पठाएर बेचबिखन गरेको आरोप छ ।