जोडिनुहोस
  • होमपेज
  • बहादुर सिंह लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

बहादुर सिंह लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका