जोडिनुहोस
  • होमपेज
  • सुरक्षा सुनिश्चितता भएमात्र इजरायलमा ‘केयर गिभर’ पठाउनुपर्छ : कुँवर

सुरक्षा सुनिश्चितता भएमात्र इजरायलमा ‘केयर गिभर’ पठाउनुपर्छ : कुँवर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सुरक्षा सुनिश्चितता गरेरमात्र इजरायलमा दुई हजार केयर गिभर पठाउनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सरकारले इजरायलमा २ हजार केयर गिभर पठाउने कुरा गरेको विषयमा समाचारमा आएको भन्दै इजरायल राम्रो श्रम गन्तव्य मुलुक भएपनि अहिले उक्त मुलुक युद्धग्रस्त छ भन्ने कुरा थाहा हुनुपर्ने बताए ।

‘यस्तो अवस्थामा हाम्रा श्रमिकहरूको सुरक्षाको सुनिश्चितता हुन्छ कि हुँदैन ? त्यो हेरेरमात्र इजरायलमा नेपाली कामदार पठाउने निर्णय गरिनुपर्छ’, उनले भने, ‘केही समयदेखि हराइरहेका विपिन जोशीको अवस्था अज्ञात रहेकाले सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराउन चाहन्छु ।’

यद्यपि उनले सिद्धान्त र आदर्शका जतिसुकै ठुला कुरा गरेपनि वैदेशिक रोजगारीमा जानु नेपालीका लागि बाध्यता भएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका