जोडिनुहोस
  • होमपेज
  • नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्‍यो : सांसद भण्डारी

नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्‍यो : सांसद भण्डारी

काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालमा डाक्टर, नर्स पढाउन मिल्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बंगलादेशलगायत बाहिरी मुलुकमा पढ्न जाने विद्यार्थीले गर्ने खर्चको हिसाब गरी नेपालमा पढ्न पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

सांसद भण्डारीले नेपालमा २५ प्रतिशत बालबालिका पुड्का जन्मिने गरेको बताए । उनले औषधि उपचारमा बेथिति रहेको बताए । गरिबीको रेखामुनी रहेको ८.७५ जनसङ्ख्यालाई औषधि उपचार निःशुल्क व्यवस्था मिलाउन उनले आग्रह गरे ।

‘गरिबलाई औषधिमा ६० प्रतिशत छुटको व्यवस्था गरे पनि औषधिबाट ४० प्रतिशत रकम अस्पताललाई फाइदा हुन्छ,’ उनले भने, ‘क्यान्सर, मिर्गौला लगायत उपचारमा सरकारले दिने पैसा दुरुपयोग भएको छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका