जोडिनुहोस
  • होमपेज
  • मोरङमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङमा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । मोरङको बेलाबारी नगरपालिका–७, हल्दिबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । सोमबार साँझ आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका