काठमाडौँ । निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ तय भएको छ ।
बुधबार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो । यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम बुधवारका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले जानकारी दिइन् ।
उनी गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकबाट निर्वाचन आयुक्तमा सिफारिस भएका थिए ।असार २० र २१ गतेका लागि संसदीय सुनुवाइ राखिए पनि रोकिएको थियो ।