
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् ।
विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली केहीबेरमा विमानस्थल जान लागेको उनको सचिवालयले जनाएको छ । ओलीले नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीसँग दुर्घटनाबारे जानकारी लिनेछन् ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा आज विहान सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।