जोडिनुहोस
  • होमपेज
  • बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने भएको छ ।

अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । ८ साउनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको स्रोतमध्ये ३ खर्ब ६५ अर्ब तरलता खिचेको छ । बिहीबार थप ४० अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको फागुनदेखि तरलता व्यवस्थान गर्दै ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । त्यसपछि पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिचिरहेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । २१ दिनका लागि निष्कासन हुने उक्त उपकरणको सावाँ तथा ब्याज भुक्तानी ३० साउनमा हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका