जोडिनुहोस
  • होमपेज
  • प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने

प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारेमा त्रिभुवन विमानस्थलमा पुगेर जानकारी लिएका छन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि भन्दै पोखराका लागि उडेको केही क्षणमै जहाज दुर्घटना भएको थियो ।त्यसपछि प्रधानमन्त्रीले घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरे । त्यसक्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबिन हुने बताएका छन् । दुर्घटनास्थलको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले नेपाल नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका छन् ।

सौर्य एयरका कर्मचारी र प्राविधिक बोकेको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । घाइते भएका पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका