जोडिनुहोस
  • होमपेज
  • गैरहाजिर २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन

गैरहाजिर २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन

काठमाडौँ– नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक स्पष्टीकरणसहित बाटोको म्यादबाहेक सातदिनभित्र कार्यालयमा उपस्थित हुन जानकारी गराएको हो । प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकोले हाजिर हुन आउन सात दिनको समय दिएको हो । उक्त अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली र ऐन बमोजिम सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका