जोडिनुहोस
  • होमपेज
  • रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा जारी छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा ९ एजेन्डा तय गरिएको छ । जसमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी तथा विभाग प्रमुख मनोनयनबारे छलफल गरिने छ । साथै, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे छलफल, कर्णाली विशेष अभियान पनि एजेन्डामा रहेका छन् ।

यसबाहेक प्रदेश अभिमुखीकरण, जिल्ला बैठक र जिल्ला बहस, सल्लाहकार परिषद्मा मनोनयन, केन्द्रीय विभागको बाँकी रहेको मनोनयनबारे छलफल र अनुमोदनलगायत अन्य विविध विषय रहेको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका