जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गाजामा बन्धक बनाइएका पाँचजनाको शव फेला

अन्तर्राष्ट्रिय

गाजामा बन्धक बनाइएका पाँचजनाको शव फेला

  • Sagarmatha TV
  • बिहिबार, साउन १०, २०८१
गाजामा बन्धक बनाइएका पाँचजनाको शव फेला

जेरुसेलम । इजरायली सेनाले गाजापट्टीमा बन्धक बनाइएका पाँचजनाको शव बिहीबार फेला पारेको बताएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजापट्टीमा बन्धक बनाइएका उनीहरूको शव फेला पारेको बताइएको हो ।

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ । गाजापट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।

उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो । डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो ।

किबुत्ज निर ओजले भने, “हिजो राति सेनाको उद्धार कार्यमा दिवंगत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।” उनले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताए । पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताए । “आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवंगत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकुहरूको आक्रमणमा मारिएका थिए ।” रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका