जोडिनुहोस
  • होमपेज
  • भारी वर्षाका कारण भारतको पूणेमा चारजनाको मृत्यु

भारी वर्षाका कारण भारतको पूणेमा चारजनाको मृत्यु

मुम्बई । भारतको पूणेमा भारी वर्षाका कारण भएका घटनामा चारजनाको मृत्यु भएको छ । बुधबार भारी वर्षाका कारण रुख ढलेर एक जना र करेन्ट लागेर तीनजनाको मृत्यु भएको हो ।

जिल्लाका कलेक्टर सुहास दिवसेले आज बिहीबार विभिन्न स्थानका विद्यालय बन्द गर्न आदेश दिएका छन् । मौसम विभागले पूणे सहर र तटीय क्षेत्रमा भारी वर्षा हुने आज पनि चेतावनी दिएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पूणेमा अवस्था निकै खराब भएको जनाउँदै सम्बद्ध सबै अधिकारीहरूलाई सूचित गरिएको जनाएका छन् ।

उनले सेनालाई पनि अलर्ट अवस्थामा राखिएको जनाउँदै प्रशासन पूरै तयारीका साथ बसेको जनाएका छन् । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका