जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी

भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी

काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

भारतमा हाल शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् । पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ । चीनमा भने माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको बुझिएको छ । चीनमा एमालेले कसलाई राजदूत सिफारिस गर्दैछ भन्ने खुलेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका