जोडिनुहोस
  • होमपेज
  • विदेश जान श्रम स्वीकृति लिएकालाई बिनाधितो ऋण

विदेश जान श्रम स्वीकृति लिएकालाई बिनाधितो ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो । यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषष पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।

“बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका