जोडिनुहोस
  • होमपेज
  • ओलम्पिक उद्घाटनअघि पेरिसको रेल लाइनमा आक्रमण, ८ लाख मानिस प्रभावित

ओलम्पिक उद्घाटनअघि पेरिसको रेल लाइनमा आक्रमण, ८ लाख मानिस प्रभावित

पेरिस । फ्रान्समा आजबाट ओलम्पिक खेल हुन लागिरहेको अवस्थामा त्यहाँको रेल लाइनमा तोडफोड र आगजनी भएको छ । रेलका तीनवटा लाइन अवरुद्ध भएका छन् ।

फ्रेन्च रेलवे कम्पनी एसएनसीएफले हाइस्पिड नेटवर्क अवरुद्ध गर्ने गरी यो आक्रमण भएको जनाएको छ । उक्त आक्रमण एटलान्टिक, नर्थन र इस्टर्न हाइस्पिड लाइनमा भएको हो ।

फ्रान्सका यातायातमन्त्री प्याट्रिक भेर्गिरेटले घटनाको निन्दा गरेका छन् । एएफपीले आक्रमण सुनियोजित रूपमा गरिएको स्रोतलाई उल्लेख गर्दै जनाएको छ । सरकारी निकायले यात्रुलाई रेल स्टेसनमा नजान भनेको छ ।

सरकारी निकायका अनुसार रेल वे सेवामा गरिएको आक्रमणले करिब ८ लाख मानिस प्रभावित भएका छन् । रेल वे का अधिकारीहरूले सेवा रद्ध गरिएको र मर्मतका लागि केही दिन आवश्यक पर्ने जनाएका छन् । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका