जोडिनुहोस
  • होमपेज
  • नेपालका कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्ने यादवको आरोप

नेपालका कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्ने यादवको आरोप

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको आरोप लगाएका छन् । उनीहरुले सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद हो भन्ने ठानिरहेको अध्यक्ष यादवको आरोप छ ।

शनिवार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्न तयार हुनुले त्यसलाई पुष्ट्याइँ गरेको बताए । कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताए । अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रुपमा देखिएको दाबी समेत गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका