जोडिनुहोस
  • होमपेज
  • ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइपेइ– ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र सीईओसी को शुक्रबार जारी सिइओसीको तथ्यांक अनुसार चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् ।

चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ । आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरूले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।

ज्यान गुमाउनेहरूको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ । अझै पनि अधिकारीहरूले बेपत्ताहरूको खोजी गरिरहेका छन् । सीईओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाई सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका