जोडिनुहोस
  • होमपेज
  • २ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

काठमाडौं । इजरायलले दुई हजार जना स्वास्थ्य सहायक केयरगिभर लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी पिबाले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो ।

यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवारका लागि आवेदन आह्वान भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो । त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् ।

सोही दिन पिबाले पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको थियो । विभागले साउन ११ गतेसम्म आवेदन आह्वान गरेको थियो । त्यसका लागि चार हजार भन्दा बढीले आवेदन दिएका छन् । जसमा एक हजार ८०० जना महिलाले आवेदन दिएका छन् । भने दुई हजार २०० जना पुरुषले फाराम भरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका