जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानी प्रहरी हिरासतमा एकजनाको मृत्यु

पाकिस्तानी प्रहरी हिरासतमा एकजनाको मृत्यु

काठमाडौँ– पाकिस्तानमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित वेहारी जिल्लामा रहेको गागो प्रहरी हिरासतमा मुरातिब नाम गरेका व्यक्तिको मृत्यु भएको पाकिस्ताबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

मृतकका बुवा मुहम्मद अजमलले प्रहरीले लगातार तीन दिनसम्म यातना दिएपछि छोराको मृत्यु भएको आरोप लगाएका छन् । प्रहरीले उनलाई चोरी गरेको आरोपमा हिरासतमा लिएको डनले जनाएको छ ।

यद्यपि प्रहरीका एसपी फारुख कमियानले नुहाउने क्रममा मुरातिब ढलेको र उनलाई जिल्ला अस्पताल लगिएको भएपनि बचाउन नसकेको प्रष्टीकरण दिएका छन् । उनले प्रहरीले सीसीटीभी रेकर्डका आधारमा अनुसन्धान गर्ने पनि उल्लेख गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?