जोडिनुहोस
  • होमपेज
  • ड्रोन घटनामा क्यानडाका प्रशिक्षकलाई प्रतिबन्ध, अंक खोसियो

ड्रोन घटनामा क्यानडाका प्रशिक्षकलाई प्रतिबन्ध, अंक खोसियो

काठमाडौं । विपक्षी टिमको प्रशिक्षणका दौरान ड्रोन उडाएको घटनामा फिफाले क्यानडा फुटबल संघमाथि कारबाही गरेको छ । फिफाले शनिबार यो घटनामा दोषी ठहर्‍याउँदै क्यानडा फुटबल एसोसिएसनलाई एक लाख ७५ हजार ७२० पाउन्ड जरिवाना र प्रशिक्षक बेभ प्रिस्टमानमाथि एक वर्षको प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरेको हो ।

फिफाले क्यानडा फुटबलका अफिसियल जोसेफ लोबर्डी र जास्मिन मान्डेरलाई पनि एक वर्ष निलम्बन गर्ने निर्णय गरेको छ । फिफाले ओलम्पिकअन्तर्गत महिला फुटबलमा साविक स्वर्णपदक विजेता क्यानडाको ६ अंक घटाउने निर्णय समेत गरेको छ ।जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको क्यानडाले एक खेलबाट तीन अंक जोडेको छ । क्यानडाले पहिलो खेलमा न्युजिल्यान्डलाई हराएको थियो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्यानडाले ड्रोन उडाएर ‘नियम’को उल्लंघन गरेको जनाएको छ । “प्रत्येक अफिसियल यो नियमविपरीत कार्यमा जिम्मेवार पाइएको छ र उनीहरूले अनुशासित खेलको नियम उल्लंघन गरेका छन्,” फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको सोमबार ओलम्पिकको पहिलो खेलअघि न्युजिल्यान्ड महिला टिमले प्रशिक्षण गरिरहेका बेला क्यानडा महिला टिमका अधिकारीले उक्त क्षेत्रमा ड्रोन उठाएका थिए । यो घटनापछि इंग्ल्यान्डमा जन्मिएकी ३८ वर्षीया प्रिस्टमनले न्युजिल्यान्डविरुद्ध खेल्नुअघि आफ्नो नाम फिर्ता लिएकी थिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका