
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्थित विन्दवासिनी मन्दिर नजिक ४ महिला र एक जना पुरुष लुटिएका छन् । लुटमा संलग्न आरोपमा मकवानपुर घर भएका ५२ वर्षीय धनबहादुर स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
गाडीमा सवार उनीहरुलाई स्याङतानको समूहले खुकुरी देखाएर लुटेका हुन् । आरोपीको साथबाट प्रहरीले २ थान खुकुरी बरामद गरेको छ । प्रहरी नायव निरीक्षक यमबहादुर थापा नेतृत्वको टोलीले लुटमा संलग्न आरोपीलाई स्युचाटारबाट पक्राउ गरेका हुन् । आरोपीहरूले ७ तोला ६४ लाख सुन र १३ हजार नगद लुटेको एसपी अधिकारीले बताए । लुटपाटमा संलग्न अरू आरोपीहरू फरार छन् ।