जोडिनुहोस
  • होमपेज
  • हरि ढकालको प्रश्न– डीआईजी मनोज केसीलाई किन सरुवा गरियो ?

हरि ढकालको प्रश्न– डीआईजी मनोज केसीलाई किन सरुवा गरियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले वर्तमान गठबन्धनको उपलब्धि केन्द्र र प्रदेश सरकारमा मन्त्री बन्दा स्पष्ट भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । “यो सरकारको उद्देश्य स्पष्ट थाहा थियो । पहिले शृंखला अनुसन्धानको धेरा वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री दिएर पुरस्कार दिइयो । प्रादेशिक मन्त्री बन्दा गुण्डा नाइके, हातहतियारवालालाई बनाइयो,” उनले भने ।

उनले अब्बल राष्ट्र सेवक कर्मचारी डीआईजी मनोज केसीलाई किन, के का लागि के उद्देश्यका लिएर सरूवा गरियो भन्ने प्रश्न पनि गरे । उनले आफ्नो दललाई नाति समूह भनेर सम्बोधन भएकोमा आपत्ति जनाउँदै आफूहरू ‘अपुताली खाने’ नाति समूह नभएको भन्दै सशक्त प्रतिपक्ष भएको उनको भनाइ थियो । साथै, उनले सरकारले ल्याएको मौद्रिक नीतिमा आएको व्यवस्थाका कारण पुँजी बजार समस्यामा परेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
कस्तो छ आजको मौसम