
प्रतिनिधिसभाको आकस्मिक समयमा सौर्य एयरलाइन्सको दुर्घटनाकेन्द्रित बहस भइरहको छ । हवाई क्षेत्र सुरक्षित हुनुपर्ने तथा दुर्घटनाको जिम्मेवारी कसले लिने भन्ने बारेमा पनि सांसदहरूले धारणा राखिरहेका छन् ।
साेही क्रममा सांसद पूर्णबहादुर तामाङले आफूले हवाई क्षेत्रमा गरेका कामहरूकाे पनि स्मरण गरे । हवाई क्षेत्र सुरक्षित हुनुपर्नेमा उनले जाेड दिए ।
‘२०५७ सालदेखि बढी प्लेन चढ्नेमा पाइलटबाहेक २५ जनाभित्र पर्छु होला । सौर्य एयरलाइन्स आएदेखि जनताले सेवा छिटो खोज्नुभयो । उहाँहरूले अरु प्लेनभन्दा १० मिनेट अगाडी पुर्याउने अनि त्यही भएर जनताले त्योमात्र चढ्न खोज्नेभयो,’ उनले भने ।
अहिले सौर्य एयरलाइन्सको प्लेन महिनामा १० दिन चल्ने र २० दिन बन्द हुने भएकाले चढ्न छाडेको बताए ।