जोडिनुहोस
  • होमपेज
  • निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा

निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका छ्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयान दिन विशेष अदालतमा उपस्थित भएका हुन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासमा उनले बयान दिँदैछन् ।

बयान सकिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्ने आदेश अदालतले दिने छ ।अर्यालमाथि निजी क्षेत्रको अन्त:शुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरकारले सरुवा गरेर राखेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका