जोडिनुहोस
  • होमपेज
  • भेनेजुएलामा राष्ट्रपति निर्वाचन सम्पन्न

अन्तर्राष्ट्रिय

भेनेजुएलामा राष्ट्रपति निर्वाचन सम्पन्न

भेनेजुएलामा राष्ट्रपति निर्वाचन सम्पन्न

भेनेजुएला । भेनेजुएलाका जनता त्यहाँ सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणाम पर्खिरहेका छन् । सोसलिस्ट पीएसयूभी पार्टीका तर्फबाट राष्ट्रपति निकोलास मादुरो यसपालि पनि तेस्रोपटक चुनाव लडिरहेका छन् ।

उनी सन् २०१३ देखि लगातार उक्त पदमा छन् । यसपालि भने पूर्वकूटनीतिज्ञ इडमुन्डो गोन्जालेजले उनलाई कडा चुनौती दिइरहेका छन् । उनलाई विपक्षी पार्टीको गठबन्धनले समर्थन गरेको छ ।

विपक्षी समूहले गणनाको निर्णायक समयमा पोल स्टेसनमा सतर्क भएर बस्न आग्रह गरेको छ । किनकि, मादुरोको पार्टीले धाँधली गर्ने सम्भावना हुनसक्छ । ओपिनियन पोलहरूले पूर्वकूटनीतिज्ञ गोन्जालेजलाई यसपटक फराकिलो अग्रतामा देखाएको छ । भेनेजुएलाका जनताले यसपालि परिवर्तन खोजेको पाइएको छ ।

मादुरोको शासनकालमा त्यहाँको अर्थतन्त्र धराशायी बन्नुका साथै कुल गार्हस्थ उत्पादन जीडीपी  ७० प्रतिशत संकुचित भएको थियो । ७।७ मिलियन ९७७ लाख० मानिस राम्रो जीवनको खोजीमा बाहिरिएका थिए । बीबीसीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका