जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा एक नेपालीको गोली हानेर हत्या

अमेरिकामा एक नेपालीको गोली हानेर हत्या

टेक्सस । अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ ।

यो घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको बताइएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए ।

उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् । वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका