जोडिनुहोस
  • होमपेज
  • तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु

तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ब्यास नगरपालिका–१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका–५ लोहरौलीस्थित मसैया खोलाको नालामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने बर्षादी धरिकारको छोरा १५ वर्षीय कनही धरिकारको आइतबार दिउँसो मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका