जोडिनुहोस
  • होमपेज
  • नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गर्न माग

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गर्न माग

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिका रूपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन कार्यलाई तीव्रता दिनुपर्ने उनले बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्राधिकरणले हवाई सेवा सुरक्षाका निम्ति कुनै प्राथमिकता नदिएको जिकिर गरे । विमानको मर्मतसम्भारका लागि बजेटको कमी हुँदा पनि दुर्घटना हुन गएको सांसद जबराको भनाइ थियो ।

“अहिलेको डीजीले राजीनामा दिनु पर्दैन ? अथवा, डीजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डीजीलाई सस्पेन्स गर्नु पर्दैन ?,” उनले प्रश्न गरे ।

नियमक निकायका रूपमा रहेको प्राधिकरणलाई जिम्मेवार बनाएर मात्र हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका