जोडिनुहोस
  • होमपेज
  • कांग्रेस–एमालेको ‘टार्गेट’मा रास्वपा : रवि लामिछाने

कांग्रेस–एमालेको ‘टार्गेट’मा रास्वपा : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस–एमालेको ‘टार्गेट’मा आफ्नो पार्टी परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको ‘टार्गेट’मा परेको आभास भएको बताएका हुन् ।

संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुँदै गएको उल्लेख गरे ।

“सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको निसानामा परेको आभास भयो । केही समय नबोलौँ भनेर चुप लागेर बसेको भए पनि पछिल्लो समय सदनमा ममाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आयो । भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस चाहिँदैन,” उनले भने ।

कैलाश सिरोहियाको नागरिकता प्रकरणमा, बाँसबारी छालाजुत्ता कारखानाको विषय पनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे । आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साँधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकार्षण गराउन खोजेको समेत बताए । लामिछानेेले केही समयअघि सहकारीबन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका