जोडिनुहोस
  • होमपेज
  • भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह

भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह

काठमाडौँ– क्यानाडामा भारतविरोधी गतिविधि बढ्न थालेको भन्दै भारतले चिन्ता व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले क्यानाडामा भारतीय नेताहरु, भारतीय संघसंस्था, हवाई सेवा कम्पनी एवम् कूटनीतिज्ञमाथि हिंसात्मक धम्की आएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले क्यानाडालाई भारतविरोधी गतिविधि नियन्त्रण गर्न समेत आग्रह गरेका छन् । पछिल्लो समय भारत र क्यानाडाबीच सम्बन्धमा तिक्तता आएको बताइन्छ । खासगरी खलिस्तानी अतिवादी नेता हरदीप सिंह निज्जरको हत्या भएको घटनालाई लिएर दुई मुलुकको सम्बन्धमा चिसोपन आएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएका थिए । भारतले भने यस्तो आरोप खण्डन गर्दै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका