जोडिनुहोस
  • होमपेज
  • फिल्म ‘कल्ली’ निर्माणको घोषणा, पल र बेनिशाको पहिलोपटक सहकार्य

फिल्म ‘कल्ली’ निर्माणको घोषणा, पल र बेनिशाको पहिलोपटक सहकार्य

पल शाह र बेनिशा हमालको शीर्ष भूमिकामा फिल्म ‘कल्ली’ निर्माण हुने भएको छ।

मंगलबार पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको हो।रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ। यसको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। निर्माण प्रमुखमा सुरज आचार्य छन्।

सार्वजनिक पोस्टरमा पल र बेनिशा क्यारेक्टर लुक्समा छन्। पललाई एंग्री अवतारमा देखाइएको छ भने बेनिशाको अवतार केही भिन्न छ। हातमा अग्नी बोकेकी बेनिशाको लुक्स दर्शकलाई फरक अनुभूति हुने अनुमान छ।

पल र बेनिशा दुवै यसअघिभन्दा फरक भूमिकामा काम गर्दैछन् भन्ने पोस्टरबाट आँकलन गर्न सकिन्छ। फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन्। फिल्ममा पल र बेनिशाले पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

तिहारपछि छायांकन सुरू हुने फिल्मलाई कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा खिचिने निर्देशक सुनारले बताए।

‘कल्ली’ को प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका