जोडिनुहोस
  • होमपेज
  • भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँचजनाको मृत्यु

भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँचजनाको मृत्यु

हनोई । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँचजनाको मृत्यु भएको राज्यसञ्चालित सञ्चारमाध्यमले मंगलबार जनाएको छ ।

भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भीएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मंगलबार बिहान २३ देखि ४७ वर्ष उमेरका खानी मजदुरहरूको शव फेला पारेका थिए । विपद् अधिकारीहरूले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् ।

देशको उत्तरी भागहरूमा केही दिनदेखिको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सातजनाको मृत्यु भएको छ ।

गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तीमा १० कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका