
नयाँदिल्ली । भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ ।
पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्याएको छ ।
केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जनाएका छन् । बीजनेस स्यान्डर्ड